Logo

२७ माघ,सेढवा । पर्साको ग्रामीण भेगमा तोरीको मूल्य घट्दा किसान निराश बनेका छन् । यस क्षेत्रमा विशेष गरी ठोरी गाँउपालिका अन्तर्गत सुवर्णपुर, क्षेत्रीलाईन, गडुवालाइन, बथेटोल, बाघमोर्चा, मालीवस्ती, गोपीबस्ती, बिजयबस्ती, मेलचौक, बिशालचोक, निर्मलबस्ती जिराभवानी गाँउपालिकाका शान्तिनगर, भवानीपुर, काठमान्डोटोल किसानहरु तोरीको मूल्य राम्रो नपाउदा किसान निरासिएका छन् ।

यी क्षेत्रमा जिल्लाको सबैभन्दा बढी तोरी उत्पादन गर्दा पनि तीन सय रुपैया प्रति पाथीका दरले बेच्नु परेका बिजयबस्तीका गोपी श्रेष्ठले जनाए । गत वर्ष तोरीप्रति पाथी चारसय २० रुपैयाका दरले बेचेको उनको भनाइ छ ।

सरकारले सहज रुपमा रासायनिक मल उपलब्ध नगराउदा भारतीय बजारबाट महंगो दाम तिरेर मल खरिद गरेको तथा महंगोमा कामदार खटाएर तोरी भित्रियाएका तर बालीको उचित मूल्य नपाएको किसानको गुनासो छ ।

ठोरी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्दन भैया थारु यसवर्ष एक हजार पाँच सय ३० हेक्टर जमिनमा तोरी खेती भएको बताउँछन् । गत वर्ष ठोरीमा मात्र एक हजार आठ सय बीस हेक्टर जमिनमा तोरी लगाईएको थियो ।


सम्बन्धित समाचार