Logo

२ फागुन,वीरगञ्ज । गोतामे पत्रकारिता पुरस्कारबाट यसवर्ष पोखरा, कास्कीका पत्रकार सम्मानित भएका छन् । यसवर्षको गोतामे पत्रकारिता पुरस्कार पोखराका बद्री विनोद ‘प्रतीक’ सम्मानित भएका हुन् ।

वीरगञ्जको होटल पुजनमा आयोजना गरिएको पुरस्कार वितरण समारोहको आयोजना गरि उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वर्ण पदक सहित दोसल्ला ओढाएर पत्रकार बिनोदलाई सम्मानित गरेका हुन् ।

पत्रकार गोपालचंद्र गौतम प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान हुदै आएको गोतामे पत्रकारिता यसबर्ष उनले पाएका हुन् ।

वीरगञ्जका पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा प्रतिष्ठानले स्थापना गरेको पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले जनाए ।


सम्बन्धित समाचार