Logo

५ फागुन,वीरगञ्ज । वीरगञ्जमा सम्पन्न मैत्रीपुर्ण क्रिकेट म्याचमा नेपाल पत्रकार महासंघ पर्सा शाखा बिजयी भएको छ । ज्ञानदा माविको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित क्रिकेटमा नेपाल पत्रकार महासंघ पर्सा शाखा बिजयी भएको हो ।

ज्ञानदा मावीको खेल मैदानमा शनिबार बिहान सम्पन्न खेलमा पत्रकार महासंघ पर्साले ज्ञानदा माविलाई ४० रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पत्रकार महासंघ पर्साले १२ ओभरमा ६ विकेटको क्षतीमा एक सय ६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको ज्ञानदा १२ ओभरमा ९ विकेटको क्षतिमा ६७ रनमै समेटियो । खेलमा पत्रकारका तर्फबाट सदाम हुसेनले सर्वाधिक ११ बलमा ३० रन बनाए ।

खेलमा पत्रकारको टोलीको नेतृत्व पर्सा शाखाका अध्यक्ष अनुप तिवारी र ज्ञानदा माविको नेतृत्व राजेन्द्र कोइरालाले गरेका थिए ।


सम्बन्धित समाचार