Logo

५ फागुन,वीरगञ्ज । वीरगञ्जमा आकस्मिक रक्तदानको आयोजना गरिएको छ । बिरामीहरुलाई रगतको अभाव हुन थालेपछि छपकैयामा रहेको रक्तसञ्चार केन्द्रको आह्वानमा आकस्मिक रक्तदानको आयोजना गरिएको हो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक अनिषकान्त कुशवाहा,पत्रकार कृष्ण कुशवाहा, सुरज साह तुरहा, दिलीप साह, रितेश सरार्फ लगायत ३९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

भोलेण्टियर समूहका संयोजक समेत रहनुभएका श्रीवास्तवले रक्तसञ्चार केन्द्रमा सबै समूहको रगत अभाव भएपछि अभाव पूर्ति गर्नका लागि आकस्मिक रक्तदानको आह्वान गरिएको बताउनुभयो ।


सम्बन्धित समाचार