Logo

७ फागुन,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा कफ्र्यू आदेश जारी गरेको छ ।

बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कफ्र्यूृ आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यू आदेश जारी गरेको जनाए ।

कुनकुन क्षेत्रमा लगाइयो कफ्र्यू ?

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका सिमा क्षेत्रभित्र कफ्र्यू लगाएको जनाएको छ । प्रजिअ भुसालका अनुसार पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) भित्र कफ्र्यू जारी भएको बताए ।

केके गर्नमा रोक ?

कफ्र्यू आदेश जारी रहनुञ्जेलसम्मको अवधिमा कफ्र्यू आदेश जारी जारी गरिएको क्षेत्रभित्रकसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुँल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ ¥याली गर्न एवम् अन्य कुनै प्रकारका उच्छृङखल गतिविधि गर्न नपाउने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कोही कसैले आदेशको पालना नगरे कानुन बमोजिम कडा कारवाही गरिने जिल्ला प्रशासन पर्साले सूचनामार्फत जनाएको छ ।

 


सम्बन्धित समाचार