Logo

७ फागुन, पर्सा। पर्साको पर्सागढि नगरपालिकाको आयोजना तथा एलएस न्युरो अस्पताल वीरगञ्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा प्रजनन रुग्णता तथा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर आज सम्पन्न भएको हो ।

शिविरको उद्घाटन पर्सागढिका मेयर गोकर्ण पाठकले ब्यानर पढेर गर्नुभएको थियो । मेयर पाठकले स्वास्थ्य सेवाको पहुचबाट बन्चित भएका नगरभित्रका गरिब असहाय नागरिकहरुको लागि समयसमयमा विशेषज्ञ सहितको टोलीले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने गरेको जानकारी दिनुभयो । शिविरमा नगर उपप्रमुख पुजा चौधरी, प्रमुख प्रशासकिय अधिकृत छबिरमण भट्टराई, वडा अध्यक्षहरु विरेन्द्र महतो थारु, रामबढाई प्रसाद यादव, शंकर प्रसाद यादव, कार्यपालिका सदस्य सीता लामा, दिल बहादुर भुजेल, सुनिता देवी चमइन, मोहनलाल महतो, प्राविधिक शाखा प्रमुख जङ्ग बिजय प्रसाद साह, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेल, नगर योजना प्रमुख प्रदिप चौरसिया लगायतको सहभागीता रहेको थियो ।

शिविरमा दुईसय ९१ जना पुरुष र दुईसय ५३ जना महिला गरि जम्मा पाँचसय ४४ जनाको जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा न्युरो अस्पतालका टाउको तथा नशा रोग विशेषज्ञ डा. श्यामबाबु प्रसाद, हाडजोर्नी तथा नसारोग डा चन्द्रभुषण यादव, न्युरोलोजीष्ट डा सन्जिब झा, जेनरल मेडिसिन डा. तेजप्रकाश साह, स्त्री रोग तथा प्रसुति रोग डा तरन्नुम अफरोज, सर्जन डा. पृथ्वी चौरसिया, आँखा रोग विशेषज्ञ डा. आदित्य तिवारी, छाला योन तथा कुष्ट रोग विशेषज्ञ डा. स्मिता झा, न्युरो अस्पतालका प्रशासन प्रमुख मृगेन्द्र बहादुर काकी, म्याट्रोन प्रमुख ईन्दिरा भट्ट लगायतका विशेषज्ञको टोलीले चेकजाँच गरेको कार्यक्रम संयोजक सुनिल कुमार कुर्मीले बताउनुभयो ।


सम्बन्धित समाचार