Logo

७ फागुन, वीरगन्ज। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा चार घण्टाका लागि कर्फ्यू आदेश खुला गरेको छ । सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै कर्फ्यू आदेश चार घण्टाका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले मङगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू आदेश खुला गरिएको जनाए ।
उक्त समयपश्चात स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश रहने प्रजिअ भुषालले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि सोमबार साँझ ५ बजेदेखि अर्को आदेश नआउन्जेसम्मका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू जारी गरेको थियो । वीरगन्ज महानगरपालिकाको पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) सम्म कर्फ्यू लगाएको हो ।


सम्बन्धित समाचार