Logo

८ फागुन,ठोरी । पर्साको ठोरीका नागरिकले चितवनको भरतपुरमा रहेको भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउँदा १५% छुट पाउने भएका छन्। मङ्गलबार ठोरी समन्वय समाज, समिति चितवन र नारायणी सामुदायिक अस्पताल बिच भएको सम्झौता अनुसार ठोरीका सबै नागरिक र समाजका सदस्यहरुले अस्पतालमा उपलब्ध हुने सबै किसिमको उपचार सेवामा सो छुट प्राप्त गर्नेछन्।

सम्झौतामा अस्पतालको तर्फबाट प्रशासकीय अधिकृत अरुण लम्साल र समाजका तर्फबाट प्रवक्ता सुदिप थापाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार अस्पतालको तर्फबाट सो छुट प्राप्त गर्न समन्वय समाजको कार्यालयबाट छुट कार्ड लिनुपर्ने समन्वय समाजका प्रवक्ता थापाले जानकारी दिनुभयो । प्रवक्ता थापाका अनुसार छुट कार्डमा अभिभावक सहित ५ जना थप सदस्यले छुट प्राप्त गर्नेछन्।

ठोरी समन्वय समाज ठोरीमा स्थायी ठेगाना भई पेसा व्यवसायको शिलशिलामा चितवन बसोबास गर्दै आइरहनुभएका ठोरीका नागरिकहरुद्वारा स्थापना गरिएको संस्था हो ।

 


सम्बन्धित समाचार