Logo

९ फागुन,पर्सागढी । राष्ट्रिय खोप कार्यक्रम एम.आर खोप अभियानबारे पालिका स्तरिय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम पर्साको पर्सागढि नगरपालिकामा सम्पन्न भएको छ । पर्सागढी नगरपालिका कार्यालय स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रम पर्सागढीको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मेयर गोकर्ण पाठकले फागुन १३ गतेदेखि २१ गते सम्म चल्ने दादुरा/रुबेला खोप अभियान सफल पार्न सबैसँग आग्रह गर्नुभयो । उहाँले दादुरा/रुबेला रोग अतिनै संक्रामक तथा प्राण घातक भएकाले आफ्नो ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई यो खोप लगाउन अनुरोध गर्नुभएको छ ।

यस्तै पर्सागढिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद पौडेलले पालिकाभित्र रहेका ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई उक्त खोप लगाउन पालिकाभित्र ९ वटै वडामा ७६ वटा खोप केन्द्रमा एकसय ४१ जना स्वास्थ्यकर्मी खटाइने बताउनुभयो । सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत बालबालिका तथा विद्यालय बाहिरका बालबालिकाहरुको लागि वडाभित्र रहेका स्वास्थ्य चौकी, खोप केन्द्र तथा हरेक गाउँटोल समुदायमा पुगेर खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

अभिमुखिकरण कार्यक्रममा पर्सागढिका नगर उपप्रमुख पुजा चौधरी, वडा अध्यक्षहरु विरेन्द्र महतो, शेख खुर्सेद, नवलकिशोर कलवार, शंकर रायभर, रामबढाई प्रसाद यादव, कार्यपालिका सदस्य सीता लामा, लक्ष्मी बिक, चन्दा देवी थरुनी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार