Logo

९ फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा सोमबार साँझदेखि लगाइएको कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज प्रेस विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएको हो ।

फागुन ७ गते हिन्दु समाजको प्रदर्शनको क्रममा विवाद र झडपको स्थिति सृजना भएको भन्दै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रशासनले वीरगन्ज महानगरपालिकाको पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यू जारी गरेको हो ।

हाल स्थिति सामान्य हुँदै गएकाले बुधबार राती १० बजेदेखि लागू हुने गरि कर्फ्यू पूर्णरुपले हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जनाए ।


सम्बन्धित समाचार