Logo

११ फागुन, जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनुषा र सर्लाहीमा हुन लागेको विभिन्न कार्यक्रममा सरिक हुने भएका छन् ।

धनुषामा झोलुंगे पुलको उद्घाटन, कमला नदीमा नयाँ पुल निर्माणका लागि शिलान्यास गर्ने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले सर्लाहीको बागमतिमा हुन लागेको शैक्षिक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

धनुषाको सबैला नगरपालिका– ४ स्थित पटेर्वाघाटदेखि सिरहाको कल्याणपुर नगरपालिका– ५ स्थित चिकनाघाटसम्म पुल बन्ने भएको हो ।

५ सयमिटर भन्दा लामो पक्की पुलको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । आज सो पुलको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको सबैला नगरपालिकाका मेयर कारीराम यादवले जनाएका छन् ।

संघीय सरकारको गौरबको योजना अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागबाट करिब एक अर्ब ११ करोड रुपैयाँ लागतमा सो पुल बन्न लागेको उनले बताए । पुल शिलान्यासको दिन पटेर्वा घाटमा सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको उनले बताए ।

यस अघि प्रधानमन्त्री प्रचण्डले कमला नदीमा नवनिर्मित मुलुककै लामो झोलुंगे पुलको उद्घाटन गर्नेछन् । त्यसपछि उनी सर्लाहीको बागमति नगरपालिकामा आयोजना गरिएको शैक्षिक महोत्सवको समेत उद्घाट गर्ने कार्यक्रम तय रहेको जनाइएको छ ।


सम्बन्धित समाचार