Logo

१२ फागुन,वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले प्रबन्ध निर्देशकमा शाहनबाज अन्सारीलाई नियुक्त गरेको छ । नेशनल मेडिकलमा कलेजमा बसेको संचालक समितिको बैठकले उनलाई प्रबन्ध निर्देशकमा चयन गरेको हो ।

यसअघि कलेजका प्रबन्ध निर्देशकमा रहेका महम्मद बसरुद्दिन अन्सारीलाई हटाउँदै बैठकले शाहनबाजलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो । यसैगरि बैठकले अस्पतालमा संचालक समितिमा तीन सदस्सीय निर्देशन रहने गरि समिति गठन गरेको छ ।

बैठकले जैनुद्दिन अन्सारीलाई सञ्चालक अध्यक्ष, नुशरत जहाज अन्सारीलाई सञ्चालक रहने गरि सञ्चालक समिति गठन गरेको हो ।

नेशनल मेडिकल कलेज प्रालिको वार्षिक साधारण सभा–२०८० ले कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ (दोस्रो संशोधन) प्रावधानसहित उनीहरुलाई चयन गरिएको नेशनल मेडिकल कलेजले जनाएको छ ।


सम्बन्धित समाचार