Logo

१३ फागुन, पर्सा । वीरगञ्ज महानगरपालिकामा रहेको नेशनल मेडिकल कलेजको सम्पतिलाई लिएर बिबाद उत्पन्न भएको छ । कलेजको सम्पतिलाई लिएर अध्यक्ष प्राध्यापक डा.जैनुद्दिन अन्सारी र प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीबिच बिवाद उत्पन्न भएको हो ।

कलेजका सञ्चालक अध्यक्ष जैनुद्दिन अन्सारीले आफ्नो ९० प्रतिशत शेयरबाट आफ्नो छोराछोरीमा बाडँफाट गरेर नयाँ एमडिमा छोरा शाहनवाज अन्सारीलाई नियुक्त गरेपछि विवाद सतहमा आएको हो ।

कलेज सञ्चालकका अध्यक्ष जैनुद्दिनले छोरालाई एमडिमा नियु्क्त गरेपछि निवर्तमान एमडि बसरुद्दिन अन्सारीले अर्को विज्ञप्ती जारी गर्दै आफू कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशकमा नियुक्त भएको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।

उनी निर्देशकमा नियुक्त भएको आफ्ना समर्थकहरु मार्फत सामाजिक सञ्जालमा राख्न लगाएका थिए । यहि विषय विवादमा आएपछि नयाँ एमडिमा नियुक्त भएका शाहनवाजले आज वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरि यसबारे खुलस्त पारेका छन् ।

पत्रकार सम्मेलन गर्दै एमडि शाहनवाजले नेशनल मेडिकलमा कलेजमा बसेको संचालक समितिको बैठकले आफूलाई प्रबन्ध निर्देशकमा चयन गरेको स्पष्ट पारे । नेशनल मेडिकल कलेज प्रालिको वार्षिक साधारण सभा–२०८० ले कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ (दोस्रो संशोधन) प्रावधानसहित आफू चयन भएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘अब कलेजको एमडि मै हुँ, सामाजिक सञ्जालमा आएको कुराहरु भ्रमपूर्ण छन् । मलाई शेयरधनीको बैठकले नियुक्त गरेको हो । त्यसकारण तपाईहरु भ्रममा नपर्नुहोला ।’

यसैगरि बैठकले अस्पतालमा संचालक समितिमा तीन सदस्सीय निर्देशन रहने गरि समिति गठन गरेको छ । बैठकले जैनुद्दिन अन्सारीलाई सञ्चालक अध्यक्ष, नुशरत जहान अन्सारीलाई सञ्चालक रहने गरि सञ्चालक समिति गठन गरेको छ ।


सम्बन्धित समाचार