Logo

१३ फागुन, जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नागरपालिकामा प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबार देखि सुरु हुने भएको छ ।

मदन भण्डारी स्पोटर्स एकेडेमीद्वारा आइतवार पत्रकार सम्मेलनको आयोजना गरि फागुन १४ देखि १९ गतेसम्म महेन्द्रनगरस्थित क्षीरेश्वरनाथ माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले मधेशमा खेल पर्यटनको विकास तथा महिला खेलाडीहरुलाई सम्भावना वा अवसर प्राप्त गर्ने उद्दश्यले खेल प्रतियोगिता गरिएको बताए ।

अध्यक्ष आचार्यले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको बताउँदै उद्घाटन कार्यक्रम पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हुने बताए । उनले यस प्रतियोगितामा करिब ५६ लाख १३ हजार लागत खर्च हुने बताए ।

उनले प्रतियोगितामा कर्णाली प्रदेशबाहेक ६ वटा प्रदेश, एक विभागीय टोली (नेपाल आर्मी) र एक आयोजक टीम गरी आठ वटा टीमको सहभागिता रहने बताए ।

उनले प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार नगद, द्वितीयलाई १ लाख र तृतीय स्थान प्राप्त गर्नेलाई ५० हजार नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने बताए ।

सो पत्रकार सम्मेलनमा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रिय उपाध्यक्ष तेज विक्रम वसनेत , सचिव सरजुग महर्जन, उपमहासचिव सुर्वण श्रेष्ठ लगायतका उपस्थिति रहेका थिए ।


सम्बन्धित समाचार