Logo

१५ फागुन,वीरगञ्ज । पाँच वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका छन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका हुन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसारले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा छन् ।

पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शतप्रतिशत खोप लगाएको हुनुपर्छ । ती पाँच वटा जिल्लाका १६ पालिकालाई पूर्ण खोप घोषणा गर्न बाँकी नै छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, सन् २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुनु परेको थियो । कोरोना महामारीका कारण विगतमा बालबालिका खोप लगाउन छुटेका डा गौतमले बताउनुभयो । विभिन्न रोगबाट बचाउनका बालबालिकालाई सरकारले निःशुल्क खोप दिने गरेको छ ।

सरकारले १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क दिन्छ । पोलियो खोप, हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया तथा दादुराररुबेलाविरुद्धको खोपलगायत रहेका छन् । सरकारले पूर्ण खोपको सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यानमा राखेर अहिले दादुरा–रुबेला खोप अभियान पनि सञ्चालन गरेको छ ।

 


सम्बन्धित समाचार