Logo

१५ फागुन,सेढवा । दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को उपाधी नेरा मावि मसिहानीले हात पारेको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा सम्पन्न प्रतियोगिताबाट नेरा मावि मसिहानीले उपाधी हात पारेको हो ।

“स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” नारा प्रतियोगिता आयोजना गरिएको थियो । यस्तै प्रतियोगितामा नेरा मावि जगरनाथपुरले दोस्रो स्थान र नेरा मावि सन्ठीले तेस्रो स्थान हासिल गरेको हो ।

गाउँपालिकाको वडा नं ५ मदुवाहाको खेल मैदानमा आयोजित प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न गरिएको छ । वडाध्यक्ष बिहारी महतो नुनियाको सभापतित्व तथा गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, शिक्षा समितिका सदस्य रामायण यादव, प्रअ रामनरेश कोइरी, बादशास साह, धुरेन्द्र पटेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

प्रतियोगितामा प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका छात्रछात्रातर्फ हाईजम्प, लङजम्प, दौड (१००मी.÷२०० मी.÷ ४०० मी÷८०० मी.) शटपुट, ज्याभलिङ्ग थ्रो र कबड्डी लगायतका खेलहरु खेलाइएको थियो ।

 


सम्बन्धित समाचार