Logo

१६ फागुन,वीरगञ्ज । सरकारले अहिले देशभरिमा दादुरा रुबेला खोप अभियान चलाइरहेको छ । सरकारले फागुन १३ गते (आइतबार) देखि राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सञ्चालन गरेको हो । यसवर्ष मुलुकलाई दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य बमोजिम सरकारले यो अभियान लिएको छ ।

विभिन्न चरणमार्फत देशभरिमा स्वास्थ्य सस्थांहरुबाट दादुरा–रुबेलाको खोप अभियान सञ्चालन भइरहेको छ ।

राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा यस वर्ष देशलाई नै पूर्ण खोप घोषणा गर्ने लक्ष्य रहेको उल्लेख छ ।

निर्देशिका अनुसार सात प्रदेशहरूमध्ये मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेश पूर्ण खोप घोषणा हुन बाँकी छन्, भने अन्य चार प्रदेश यसअघि नै पूर्ण खोप घोषणा भई सकेका छन् ।

यस्तै हालसम्म ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । तसर्थः आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य सस्ंथामा गई अनिवार्य दादुरा–रुबेला विरुद्धको खोप लगाउन चिकित्सकहरुले सुझाएका छन् ।

के हो दादुरा–रुबेला रोग ?

मिजल्स विषाणु भाइरसबाट सर्ने अतिसंक्रामक रोग हो– दादुरा । यो निकै छिटो सर्ने सरुवा रोग वा भाइरल इन्फेक्सन हो । दादुरा रोग अतिसंक्रमित रोग भएकोले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन् ।

यस्तै रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग रुबेला हो । रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ । तर, गर्भावस्थामा रुबेला संक्रमण भएमा विभिन्न जटिलताहरु देखा पर्दछ ।

अर्थात् समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्नसक्ने, गर्भपतन हुने आदि चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु हरेक उमेर समूहका लाग्ने भएपनि विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने चिकित्सकहरु बताउँछन् ।

अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ । विशेषत् यस रोगले कुपोषित बच्चाहरूको बढी ज्यान लिने गरेको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. चितरञ्जन साहले जानकारी दिए ।

उनका अनुसार बालमृत्युदरको प्रमुख कारण नै दादुरा–रुबेला हो । सन् २००१ मा संसारभरी अनुमान गरे अनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७ लाख ४५ हजार बालबालिकाहरूको यस रोगका कारण मृत्यु भएको तथ्याङक छ ।

कसरी चिन्ने ?

यस रोगको पहिलो चिन्ह भनेकै शरिरमा रातोरातो फोका आउनु हो । यो समयमा शरिरका बाहिरी भाग तथा शरिरभित्र आन्द्रा, फोक्सो लगायतका भागमा घाउ हुने गर्दछ ।

यस्तै दादुराको प्रमुख लक्षणमा उच्च ज्वरो आउनु हो । रोगीसँग सम्पर्क भएको १०–१२ दिन पछि ज्वरो आउँछ । यो समयमा मुटु दुख्ने, रोगीको नाकबाट पानी बग्ने, कान पाक्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा पाक्ने, आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्दछन् ।

सामान्यतया यो रोगको जिवाणु शरीरमा प्रवेश गरीसकेपछि यसको लक्षण देखिन १४ दिन (कममा ७ दिन र बढीमा १८ दिनसम्म) लाग्ने मेसु डा. साह बताँउछन् ।

कसरी लाग्छ यो रोग ?

यो मुख्यत्ः हावाको माध्यमबाट सर्ने रोग हो । यो रोगबाट संक्रमित भएपछि रोगीको नाक, मुख तथा घाँटीबाट निस्कने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा र खोक्दा एकबाट अर्कोमा यो रोग सर्दछ । मुख्यतः विद्यालय, अस्पताल तथा बालबालिकाको भेट हुने वा उनीहरु जम्मा भई भिडभाड हुने स्थानहरुबाट एकाअर्कामा सहजै सर्ने हुन्छ ।

यस्तो रोग लागेमा अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग ठाउँमा राख्न आवश्यक हुन्छ । यससँगै चिकित्सकको परामर्श लिई तत्काल उपचार गराउनुपर्दछ ।
यसका समस्याहरु

दादुराको विषाणुले शरिरमा प्रवेश गरेपछि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्दछ । दादुराबाट संक्रमित शिशुहरूमा कडाखालको झाडापखाला लाग्ने हुन्छ । बालबालिकाहरूमा कान पाक्ने तथा कडा खालको श्वास प्रश्वासको संक्रमण (निमोनिया) हुन जान्छ । दादुरा रोग लागेर मृत्यु हुने कारण धेरै जसो भनेको निमोनिया हो ।

यसैगरि दादुराको कारण बहिरोपन, कहिले काँही मस्तिष्क तथा हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्क ज्वरो पनि आउन सक्ने नारायणी अस्पतालका मेसु साहले जनाए ।

https://www.high-endrolex.com/26

एकपटक दादुरा रोग लागिसकेपछि यसलाई निको पार्न तथा यसको संक्रमण बढ्न नदिन कठिनाई हुने उनी बताउँछन् ।

केके छन उपचार ?

दादुरा रुबेला रोग लागेपछि यसको खास उपचार नहुने मेसु डा. साह बताउँछन् । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नुपर्ने उनको भनाइ छ ।

दादुरा रोग लागेका बालबालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिकालाई पोषिलो खाना र झोलिलो खानेकुरा जरुरी हुने चिकित्सहरु बताउँछन् ।

दादुरा तथा रुबेला रोगबाट संक्रमित भएका बालबालिकाहरुलाई उपचारको लागि मात्र एन्टिबायोटिक्स औषधीको सेवन गर्न लगाउनुपर्दछ । अर्थात बिरामीलाई पोषिलो खाना तथा झोलिलो पदार्थ, सागपात खान र प्रशस्त मात्रामा पानी पिउन प्रोत्साहित गर्नुपर्ने मेडिकल सुपरिटेन्डेण्ट डा. साहको भनाइ छ ।

यो अतिसंक्रमित रोग भएकाले अस्पतालमा दादुरा रोग सर्ने खतरालाई न्यूनीकरण गर्न अस्पतालमा भर्ना भएका तथा दादुरा विरुद्ध खोप नलिएका लक्षित समुहका बालबालिकालाई दादुरा रोग विरुद्ध खोप अनिवार्य रुपले लगाउनुपर्नेमा चिकित्सहरुको जोड छ । यस्तै दादुरा रोगको संक्रमणबाट बचाउन बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुलको सेवन अनिवार्य गराउनुपर्दछ ।

खोप किन?

यो एर्कामा सहजै सर्ने सरुवा रोग हो । दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बचाउन सकिन्छ । तसर्थ दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो ।

९ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा खोप समयमै लगाइ आफ्ना बालबालिकाहरुलाई विभिन्न रोगहरु लाग्नबाट बचाउन चिकित्सहरुले आग्रह गरेका छन् ।

यद्यपी खोप नलगाएका ५ वर्षमुनिका बालबालिकाहरू, विशेषगरी १ वर्षमुनिका शिशुहरू दादुराको जटिलताको जोखिममा पर्नुका साथै मृत्यु समेत हुनसक्छ । तसर्थ चिकित्सकहरुले आ–आफ्नो बालबालिकाहरुलाई सम्बन्धित खोप केन्द्रहरुलाई लगि दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेका छन् ।


सम्बन्धित समाचार