Logo

१७ फागुन,वीरगञ्ज । नारायणी एफएमका सम्पादक नीरज पिठाकोटे सहित चारजना पत्रकार सम्मानित भएका छन् ।

नेपाल उद्योग वाणिाज्य महासंघ मधेस प्रदेशको पाचौं प्रदेशसभामा एफएमका सम्पादक नीरज पिठाकोटे सहित अभियानका ओमप्रकाश खनाल, कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर, मधेसदृष्टि दैनिकका ध्रुव साहलाई सम्मान गरिएको हो । मधेस प्रदेशको आर्थिक विकास र उद्योग वाणिज्य महासंघको हरेक गतिविधिमा समेत सहकार्य गरी पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै दोसल्ला र कदर पत्र सहित चारजनालाई सम्मान गरेको हो ।

सम्मानित चारै जनालाई मधेस प्रदेश अध्यक्ष अशोक टेमानीले दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गर्नुभएको छ । महासंघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको प्रदेशसभाको प्रमुख अतिथि नेपाल उद्योग वाणिाज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष वैद्यले महासंघले संगठनलाई थप बलियो बनाउन विधान संसोधन गरिएको जानकारी दिनुभयो । ढकाल सहित अर्का उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य सुवोध गुप्ता, गणेश लाठ, अरूण प्रधान, हरि गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार