Logo

१७ फागुन ,बारा ।बाराको बजनीमा फागुन १८ गते शुक्रबार (भोलि ) देखि हुन लागेको जीतपुरसिमरा महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहिबार महोत्सव स्थल बजनीमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको तयारी बारे जानकारी दिएको हो ।महोत्सवको भोलि एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित मालपोत कार्यालय नजिकको खुला चौरमा फागुन १८ गतेदेखि २९ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।‘कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेस समृद्धिको मुख्य आधार’ को नारासहित जीतपुरसिमरा महोत्सव र पहिलो जीतपुरसिमरा एक्स्पो २०२४ हुन् लागेको छ ।

जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले आफ्नो नेतृत्वमा पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको संघले १२ दिने महोत्सवले सुस्त रहेको व्यावसायिक क्षेत्रलाई चलायमान बनाउने अपेक्षा लिएको छ ।

संघका अध्यक्ष मोहन शर्मा लामिछानेले आर्थिक मन्दीका कारण ठप्प व्यावसायिक क्षेत्रलाई एकै थलोमा उभ्याउने र चलायमान बनाउन प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्य महोत्सवले राखेको बताए ।

महोत्सवमा समाजको हरेक क्षेत्रलाई समेट्न लागिएको उनले बताए ।महोत्सवलाई करिब एक लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य रहेको नगर उद्योग वाणिज्य संघले राखेको छ ।

महोत्सवमा प्रवेशका लागि विद्यार्थीले २५ र अन्यले ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने अपाङ्गता र ज्येष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न सक्नेछन् ।‘हाम्रो लक्ष्य सबैलाई एकै थलोमा उभ्याउने, व्यावसायिक संस्था वा व्यक्तिले उत्पादन, कला, सेवाको प्रवर्द्धन गर्न वातावरण बनाउने हो,’ लामिछानेले भने, ‘पक्कै पनि यो महोत्सव उहाँहरूका लागि एउटा प्लेटफर्म बन्नेछ र मन्द अवस्थामा रहेको व्यावसायिक क्षेत्रलाई चलायमान बनाउन कोशेढुंगा साबित हुनेछ ।’

लामिछानेले महोत्सवमा आर्थिक, शैक्षिक, पर्यटन, कृषिलगायत विभिन्न क्षेत्रको प्रदर्शनी रहने जनाएका छन् । महोत्सव अवलोकन गर्न आउने नागरिकले ती व्यावसायिक क्षेत्रका बारेमा बुझ्न पाउने र आवश्यकता अनुसारका सामाग्री खरिद तथा सेवाबारे परामर्श लिन सक्ने लामिछानेको भनाइ छ ।

महोत्सवलाई करिब एक लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य रहेको नगर उद्योग वाणिज्य संघले राखेको छ । महोत्सवमा प्रवेशका लागि विद्यार्थीले २५ र अन्यले ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने अपाङ्गता र ज्येष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न सक्नेछन् ।

महोत्सवलाई सफल बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, निजी क्षेत्रबाट सहयोगको अपेक्षा संघले राखेको लामिछानेले बताएका छन् । महोत्सव आयोजनाका लागि स्थानीय सरकार, प्रशासन र सम्बन्धित क्षेत्रबाट स्वीकृति प्राप्त भइसकेको लामिछानेले जानकारी दिए ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा दैनिक रूपमा सांस्कृतिक कार्यक्रम, कुस्ती प्रतियोगिता, बाल उद्यानलगायत विभिन्न मनोरञ्जनका क्षेत्रलाई समेटिने महोत्सवको प्रचारप्रसार संयोजक राजुराज गिरीले बताए ।


सम्बन्धित समाचार