Logo

८ चैत, जनकपुर । मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले आधुनिकता अनुसार हुलाकको सेवालाई परिमार्जित गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

जनकपुधाममा बिहीबार हुलाक सेवा विभागले आयोजना गरेको अन्तरक्रिया छलफल कार्यक्रममा बोल्दै उनले आधुनिक युग विज्ञान र प्रविधिको युग रहेकाले सोही अनुसार हुलाक कार्यालयले आफ्नो सेवा र तरिकालाई समय सापेक्ष अनुसार परिवर्तन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याइन् ।

द्रुत डाँक सेवा (एएमएस) सम्बन्धी एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री यादवले अहिले हरेक हातमा मोवाइल भएपछि मैसेन्जर, व्हाट्सएप, भाइबरलगायतका विभिन्न प्रविधिको माध्यमले कुराकानी हुँदा हुलाक कार्यालय मार्फत चिठ्ठी पत्र पठाउने अवस्था ह्वात्तै घटेकाले सकारात्मकरुपमा हुलाक सेवाको आधुनिकतालाई आत्मसात गर्दै द्रुतगतिमा कामकारबाही प्रक्रिया अघि बढाउनुपर्ने भनिन् ।

‘करिब दुई दशक अघिसम्म हुलाक कार्यालयबाट चिठ्ठी आउँदा गाउँमै हल्ला हुनेगथ्र्यो र सो पत्रका लागि मान्छेहरु निकै ब्यग्रतापूर्वक प्रतिक्षा गर्ने हुनाले यसका हुलाक कार्यालयले आफ्ना पुराना सामग्रीहरुको संरक्षणपनि गर्नुपर्छ ।’ उद्योग वाणिज्य तथा पर्यटन मन्त्री यादवले भनिन् ।

उनले अहिलेका यूवा पिढी बेरोजगार भएकै कारणले भन्दा पनि अध्ययन, अवसर र विभिन्न कारणले यहाँका बेराजगार, यूवादेखि केही सरकारी कर्मचारीहरुसमेत आफ्नो देश छाडि रहेको प्रति दुःखेसो पोखिन् ।

उनले देश विकासको काम गर्ने बेलामा राम्रै आयआर्जन गर्ने गरेका सरकारी कर्मचारीहरुसमेत जागिर छाडेर अन्य मुलुकमा जानु गैरजिम्मेवारपूर्ण रहेको बताइन् ।
उनले देश विकासका लागि यूवा, कर्मचारीहरुसमेत देश बनाउन आफ्नो अभिभारा विर्सिनु नहुने बताइन् ।

उनले मलुकमा बन्द उद्योगहरु खोलाउनुपर्ने वातावरणसंगै अहिलेको अवस्थामा नीजि उद्योग तथा कलकारखानासमेत संचालनका लागि प्रतिस्पर्धामा ल्याउनुपर्ने चुनौति रहेको बताइन् ।


सम्बन्धित समाचार