Logo

९ चैत,काठमाण्डौ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले आज आफ्नो २३ औँ स्थापना दिवस मनाउँदैछ । रेडियो प्रसारक संघ (अकोराब) नेपालको स्थापना २०५७ साल चैत्र ९ गते भएको थियो ।

नेपालमा सामुदायिक रेडियोको विकास, विस्तार र संस्थागत सुदृढीकरणका निम्ति अकोराबको स्थापना भएको हो । अकोराबले सामुदायिक रेडियोको हक, हित र अधिकारका साथै दायित्व र जिम्मेवारीका विषयमा सचेत एवं सजग गराउनेतर्फ भूमिका खेल्दै आएको छ ।

७ वटा सामुदायिक रेडियोबाट सुरु भएको सामुदायिक रेडियो प्रसारक संघमा हाल ७७ वटै जिल्लामा सामुदायिक रेडियो प्रसारणमा छन् ।यस्तै सुरुवाती समयमा २२ जना सदस्यहरुको सहकार्यमा स्थापित अकोराबमा हाल ३ सय ८२ सामुदायिक रेडियो सदस्य रहेका छन् ।

दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा आगामी योजनाका बारेमा छलफलको आयोजना गरिएको महासचिव किशोरजङ्ग थापाले जानकारी दिए ।


सम्बन्धित समाचार