Logo

९ चैत, जनकपुर । मिथिलालञ्चलको महाकुम्भ मानिएको धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत पैदल परिक्रमावासी औरहीमा विश्राम गर्दै शनिबार नेपाल–भारतको सीमावर्ती क्षेत्र अवस्थित करुणा पुग्ने छ ।

औरहीमा शुक्रबार विश्राम गरेका पैदल परिक्रमावासीलाई स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट सयौँको स्वास्थोपचारसहित औषधीसमेत वितरण गरिएको छ ।

वाइसीएल औरही गाउँपालिका कमिटीले आयोजन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९५९ जना परिक्रमावासीलाई समेत प्राथमिक उपचारसहित निःशुल्करुपमा विभिन्न औषधिहरु वितरण गरिएको वाइसीएल मधेश प्रदेशका इन्चार्ज अनिल पासमानले जानकारी दिए ।

सो शिविरमा वाइसीएल औरही गाउँपालिका कमिटीका अध्यक्ष गौरी मण्डल, उपाध्यक्ष रामचन्द्र दास, सचिव संजिव शर्मा, रजाक नदाफ र डा.पुर्ण प्रताप साह, अनन्याँ किल्निकका प्रतिनिधि, विन्देश्वर ठाकुरलगायतकाहरुले निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापन तथा परिक्रमावासीलाई स्वागतसमेत गरेका थिए ।


सम्बन्धित समाचार