Logo

१३ चैत,बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा दुई वर्षको अवधिमा सबैभन्दा बढि क्षयरोग (टि.बि.) का बिरामी फेला परेका छन् ।सोही समयमा जिल्लामा भेटिएका कुल २ हजार १ सय ८९ जना क्षयरोगका बिरामीमध्ये जीतपुरसिमरा उपमहानगरमा ५ सय २ जना क्षयरोगका बिरामी फेला परेका हुन् ।

आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा १ हजार ३ सय ९० जना र चालु आर्थिक वर्षको फागुनसम्मको अवधिमा ७ सय ९९ जना क्षयरोगका बिरामी भेटिएका छन् ।जीतपुरसिमरा उपमहानगर क्षेत्रमा मात्रै आर्थिक वर्ष ०७९÷०८० मा ३ सय १४ जना क्षयरोगी पत्ता लागेका थिए । चालु आर्थिक वर्ष ०८०/०८१ को फागुन मसान्तसम्ममा यो सङख्या १ सय ८८ जनामा झरेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्कर भन्छन्, ‘क्षयरोगी किन सरकारी उपचार सेवामा आएनन्? क्षयरोगी पत्ता लगाई उनीहरुलाई सरकारी उपचार सेवामा ल्याउनु आजको समयको प्रमुख चुनौती बनिरहेको छ,जीतपुरसिमरा उपमहानगरपालिकाले यसमा राम्रो सफलता हासिल गरेको छ ।’

कुनकुन पालिकामा कति ?

बारामा दुई उपमहानगरपालिका सहित १६ वटा स्थानीय तह छन् । ति पालिकाहरुमा दुईवर्षको अवधिमा फरकफरक सङख्यामा क्षयरोगी भेटिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराको तथ्यांक हेर्ने हो भने जिल्लाका १६ वटै स्थानीय तहहरुमा क्षयरोगका बिरामीको आंकडा भने घट्दो छ ।

जिल्लाको निजगढ नगरपालिकामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९१ जनामा क्षयरोगी थिए । भने यो सङख्या गत आर्थिक वर्षमा ९५ जना थियो ।
यसैगरी कोल्हबी नगरपालिकामा गत आवमा ७६ जना भेटिएका उक्त बिरामीको सङख्या चालु आवमा झरेर ४१ जना पु्ग्यो ।

परवानीपुर गाउँपालिकामा समेत गत आवको तुलनामा ३३ जनाले घटेको तथ्याङ छ । उक्त गाउँपालिकामा गत आवको सो समयमा ५८ जना थिए भने चालु आवमा २५ जना, प्रसौनी गाउँपालिकामा चालु आवमा ३५ जना र गत आवमा ५८ जनामा क्षयरोग भेटिएको थियो ।

यस्तै बिश्रामपुर गाउँपालिकामा गत आवमा ४२ र चालु आवमा २३ जना, फेटा गाउँपालिकामा गत आवमा ४२ जना र चालु आवमा २१ जना, कलैया उपमहानगरपालिकामा गत आवमा ३ सय जना थिए भने यो सङख्या चालु आवमा १ सय ६२ जना गण्ना भयो ।

यसैगरी करैयामाई गाउँपालिकामा गत आवमा ४२ जना बिरामी रहेकोमा चालु आवमा ३४ जना, बारागढी गाउँपालिकामा गत आवमा ५२ चालु आवमा ३८, आर्दश कोतवाल गाउँपालिकामा गत आवमा ३६ र चालुमा २६, सिम्रौनगढ नगरपालिकामा गत आवमा ७२, चालु आवमा ५५ जना र महागढीमाई नगरपालिकामा गत आवमा ९७ जना थिए भने चालु आवमा ६३ जनामा झरेको कार्यालयले जनायो ।

यस्तै देवताल गाउँपालिकामा चालु आवमा ३० जना र गत आवमा ३७, र सुवर्ण गाउँपालिकामा चालु आवमा ३८ जना र गत आवमा ४२ जना क्षयरोगका बिरामी रहेका जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
पचरौता नगरपालिकामा भने यो सङख्या बढेको तथ्यांक छ । नगरपालिकामा चालु आवमा ४६ जना छन् । जबकी गत आवमा ४४ जना थिए ।

क्षयरोगका लक्षणहरु ?
शरीरको तौल घट्ने, सुक्खा खोकी लागिरहने, राति ज्वरो तथा पसिना आउने सक्रिय क्षयरोगका लक्षण हुन् । क्षयरोगका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वासका माध्यमले कीटाणु हावामा फैलिन सक्छ । हावामा फैलिएका अति सुक्ष्म जीवाणु स्वस्थ्य व्यक्तिमा सर्न पुगी क्षयरोगको सङ्क्रमित हुनसक्ने चिकित्सहरुले बताएका छन् ।

क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेको छ । निःशुल्क औषधिका लागि मात्र वार्षिक २० करोडभन्दा बढी रकम सरकारले खर्च गर्ने गर्दछ ।


सम्बन्धित समाचार