Logo

१७ चैत,वीरगञ्ज । अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत ठगी गर्ने चिनियाँ गिरोहलाई प्रहरीले आज साँझ बीरगन्जबाट पक्राउ गरेको हो । प्रहरीको टोलीले बीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी व्यवसाय चलाउने चाइनीज नागरिकलाई पक्राउ गरेको प्रहरी प्रमुख कुमोध ढुंगेलले पुष्टि गरे ।

२ जना चाइनीज नागरिकसहित अनलाइन ठगी धन्दा चलाइरहेकाहरु पक्राउ परेको उनी बताउँछन् । विशेष सूचनाको आधारमा बीरगन्जको लक्ष्मणवामा घर भाँडामा लिएर ठगी धन्दा चलाएका चाइनीज नागरिकहरुलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख ढुंगेल बताउँछन् ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेकोले नाम गोप्य राखिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट ७०÷८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद भएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकाहरुमाथि विस्तृत अनुसन्धान चलिरहेकोले पर्सा प्रहरीले जनाएको छ ।

ठगीका लागि अढाइ तल्लाका घरै भाँडामा प्रहरीको प्रारम्भिक अनुसन्धानमा चाइनीजहरुले बीरगन्जमा पूरै घर नै भाँडामा लिएर ठगी धन्दा चलाइरहेका थिए । बीरगन्जको लक्ष्मणवामा रहेको पटेल थरका अढाइ तल्लाको पूरै घर नै भाँडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार चाइनीज नागरिकहरुले २ महिनाको एडभान्स घर भाँडा दिएर कार्यालय सञ्चालन गरिरहेका थिए । चाइनीज नागरिकहरुले २ महिनादेखि घर भाँडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।


सम्बन्धित समाचार