Logo

१८ चैत,वीरगञ्ज । बीरगन्ज भन्सार कार्यालयमा अर्बौ रुपैयाँ राजश्व संकलन हुने धेरै गाडीहरु जाँचपास नगरी भन्सार यार्डमा थन्किएका छन् ।करिब २ वर्षदेखि विभिन्न देशबाट आयात भएर आएका गाडीहरु  भन्सार कार्यालयको यार्डमा थन्किएको जनाइएको छ ।

बीरगन्ज भन्सार कार्यालयमा अहिलेसम्म १२ सय भन्दा बढी इन्धनबाट चल्ने सवारीसाधनहरु यार्डमा थन्किएको बीरगन्ज भन्सार प्रमुख डिलाराम पन्थीले बताए । उनका अनुसार डिजल/पेट्रोलबाट चल्ने सवारीसाधनहर लामो समयदेखि यार्डमा जाँचपास नगरी यार्डमा थन्किएका छन् । बजारमा माग नभएकोले सबै सवारीसाधनहरु भन्सारको यार्डमा थन्किएको भन्सार प्रमुख पन्थीले जनाए ।

बीरगन्ज भन्सार कार्यालयमा अहिले ४ सयको संख्यामा मिनी सवारीसाधनहरु जीप कार तथा भ्यानहरु थन्किएका छन भने बस, ट्रक च्यासिससहितका सवारीसाधनहरु थन्किएको विवरण छ । बीरगन्ज भन्सार कार्यालय प्रमुख पन्थीका अनुसार अहिले चैतदेखि भने केही सवारीसाधनको जाँचपास गराउने काम भइरहेको छ ।

उनले भने,  ‘०८० सालको चैतमा २२ सवारीसाधन थन्किएको थियो, जसमध्ये साउनसम्म १८ सय घटेर पुगेको थियो । यो संख्या अझ घटेर अर्था्त जाँचपास भएर अहिले १२ सय पुगेको छ ।’

यो भनेको राम्रो संकेत रहेको बीरगन्ज भन्सार प्रमुख पन्थीको भनाइ छ । खासमा बजारमा मन्दी भएको कारणले यार्डमा सवारीसाधन थन्किएको आफूहरुको विश्लेषण रहेको उनको बुझाइ छ । जाँचपास नगराइ रोकिएका अधिकांश सवारीसाधनहरु व्यवसायिक प्रयोजनका लागि ल्याइएको पाइएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार