Logo

१८ चैत,काठमाडौँ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।

आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरूको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका परिवर्तनलाई प्रयोग गर्न विधेयक ल्याइएको उनले बताए ।

मन्त्री पुनले नेपालको संविधान र प्रचलित कानूनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित रूपमा कार्यान्वयन गर्न आवश्यक भएकाले संशोधन विधेयक ल्याइएको बताए ।

त्यस्तै, मन्त्री पुनले ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरेका थिए ।


सम्बन्धित समाचार