Logo

२० चैत,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित यातायात ब्यवस्था कार्यालयमा अख्तियारको टोली ले छापामारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको टोली ले छापामारी गरेको हो ।

सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले यातायात व्यवस्था कार्यालयको नियमित अनुगमनका लागि टोली आएको पुष्टि गरे । उनका अनुसार यातायात व्यवस्था कार्यालयमाथि परेको उजुरीहरुको छानविन तथा कागजपत्रहरु संकलन गर्नका लागि टोली वीरगञ्ज आएको हो ।

अख्तियारको टोली हाल यातायात कार्यालयमै रहेर कागजपत्र संकलन गरिरहेको र टोली फर्किसकेपछि मात्र यसबारे जानकारी आउने उनको भनाइ छ ।


सम्बन्धित समाचार