Logo

२६ चैत,वीरगञ्ज । नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशनको मिति नतोक्न प्रेस युनियन पर्साले माग गरेको छ । जिल्लामा सदस्यता विवादको टुंगो नलागेसम्म अधिवेशनको मिति नतोक्न प्रेस युनियन पर्साले माग गरेको हो ।

युनियन पर्सा अध्यक्ष बिजय महतोले नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष अनुप तिवारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरे । उनले महासंघको सदस्यताको विवाद टुंग्याएरमात्र जिल्ला अधिवेशनको मिति तोक्न आग्रह गरेका छन् ।

आफूहरुको मागलाई अटेर गरेर जिल्ला अधिवेशनको मिति तोके त्यसविरुद्ध आन्दोलनमा उत्रिने प्रेस युनियन पर्साले चेतावनीसमेत दिएको छ ।


सम्बन्धित समाचार