Logo

फाइल फोटो

३ वैशाख,सेढवा । पर्साको जगरनाथपुर गाँउपालिकामा आगलागीबाट क्षति पुगेका गँहु किसानले क्षतीपूर्ति पाउने भएका छन् । गाँउपालिकाको वडा नम्बर ३ खुलुचडीमा आगलागीका कारण क्षति भएका गँहुबालीको क्षतिपूर्ति प्रदान गरिने भएको हो ।

चैत्र ३० गते गँहु कटानी गर्ने क्रममा हार्भेस्टर मेशिनबाटै आगलागी भएको थियो । आगलागीबाट स्थानीय महमद आसिक अंसारी, नसरुल्लाह अंसारी, सनलुलाह अंसारी, नसरुद्दीन गद्दी, सुभान गद्दी, जुमादीन गद्दी, तैयब अंसारी, महमद सानी अंसारी, इसा अंसारी, मकसुद गद्दी, बिजय गद्दी र करमुल्लाह गद्दीको गहुँबाली जलेर नष्ट भएको थियो ।

स्थानीय फजिल गद्दी उक्त हार्भेस्टर मेशिनका साहु हुन् । घटनालगत्तै जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव, वडाध्यक्ष सुभाष कुमार यादव तथा स्थानीय अगुवाहरु पञ्चायत बसेका थिए । हार्भेस्टर मेशिनका साहु गद्दीले किसानहरुलाई प्रतिबिघा ५५ मन (२२ क्वीन्टल) गहुँ क्षतिपूर्ति दिने निर्णय भएको अध्यक्ष यादवले बताए ।

आगलागीका कारण ६ बिघा र १० कट्ठा गहुँबाली जलेको स्थानीय महमद सानी अन्सारीले जनाए ।


सम्बन्धित समाचार