Logo

०७ बैशाख, वीरगञ्ज  । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणमा विहीबार भएको खेलमा पञ्जाब किंग्स पराजित भएको छ । मुम्बई इण्डियन्ससँग पञ्जाब ९ रनले पराजित भएको हो ।

जितको लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रनमा समेटियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो भेटेको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रनको योगफल तयार पारेको थियो ।

मुम्बईको यो तेस्रो जित हो र ६ अंक सहित सातौं स्थानमा छ। पछिल्लो ३ खेलमा लगातार हार बेहोरेको पञ्जाब ४ अंक सहित नवौं स्थानमा छ । आइपिएलमा शुक्रबार (आज) लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित समाचार