Logo

फाइल फोटो

८ वैशाख,वीरगञ्ज । वीरगञ्जको आर्दशनगरस्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा छापामारी भएको छ । आर्दशनगरस्थित १० स्थित उक्त क्यारियर्सको गोदाममा छापामारी भएको हो ।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी पर्साले संयुक्तरुपमा ट्रान्सपोर्टमा छापामारी गरेको हो । दुर्गा ट्रान्सपोर्टमा भन्सार छलीका सामानहरु लुकाइछिपाई राखिएको विशेष सूचनाको आधारमा छापामारी गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार कपडा तस्कर मदन रुन्चेको गोदाममा भन्सार कार्यालय र सशस्त्र प्रहरीले छापा हानेको हो । बरामद सामानहरुबारे विवरण संकलन कार्य भइरहेको भन्सार कार्यालय प्रमुख डिलाराम पन्थीले जनाए ।


सम्बन्धित समाचार