Logo

८ वैशाख,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले चाल आवको हालसम्ममा १ खर्ब १४ अर्ब १६ करोड रुपैँया राजश्व संकलन गरेको हो ।

यो कार्यालयले पाएको लक्ष्यको ६७ अर्ब ८२ करोडले कम हो । साउनदेखि चैत मसान्तसम्मको अवधिमा कार्यालयले १ खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य पाएको थियो । आर्थिक मन्दीको प्रभाव राजश्व संकलनमा परेकाले लक्ष्य पुरा नभएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार सवारी साधन तथा इन्धन आयातमा कमी आएकोले राजश्वमा प्रभाव परेको हो ।

गत आवको नौ महिनाका लागि विभागले दिएको लक्ष्यको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।


सम्बन्धित समाचार