Logo

११ वैशाख,वीरगञ्ज । बढ्दो अत्याधिक गर्मीसँगै नेपालमा ‘लु’ को जोखिमसँग लड्न रणनीती बनाएर अघि बढ्नुपर्ने विज्ञको सुझाव छ । लु को जोखिमसँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्नेमा विज्ञले जोड दिएका हुन् ।

नेपालमा ‘लु’ को अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रिय रुपले काम गर्नुपर्नेमा विज्ञले जोड दिएका हुन् ।

यस वर्ष गर्मी अत्याधिक र अधिक वर्षा हुने पूर्वानुमान छ । सोहीको पूर्वसूचना र पूर्वतयारीको काम अहिलेदेखि नै शुरु गर्न विज्ञले सरकारसँग आग्रह गरेका छन् ।

सरकारले ‘लु’ बाट बच्ँन गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जनाए । उनले राष्ट्रिय रूपमा ‘लु’ आएको अवस्थामा अत्यधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? सहर÷गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरू बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिए ।

आमनागरिकलाई ‘लु’ बाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न जलवायु विज्ञ उप्रेतीले आग्रह गरे । उनले रोजगारीको क्षेत्रदेखि किसानलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो प्रकारका सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको जानकारी दिए ।

धेरै देशहरूले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा. उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशु स्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई मध्यनजर गरी ’हिट एक्शन प्लान’ बनाउन जरुरी रहेको बताए ।


सम्बन्धित समाचार