Logo

११ वैशाख,काठमाडौं । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ ।

हालसम्म उक्त दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए ।

मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् ।

मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।

दुबै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा जनधनको क्षति भएको पनि केही रिपोर्टमा भनिएको छ तर यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर एक स्टेडियममा ठोक्किएर खसेका थिए।

 


सम्बन्धित समाचार