Logo

११ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको राजधानीमा ४ जनाको शव बरामद भएको छ । प्रदेश राजधानी धनुषाको जनकपुरधाममा ८ घण्टामा ४ जनाको शव बरामद भएको प्रहरीले जनाएको हो ।
२ जना गेष्ट हाउसमा झुण्डिएको अवस्थामा फेला परेका हुन भने बाँकी २ जनाको शव शंकास्पदरुपले शव भेटिएको प्रहरीले जनाएको छ ।

जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएको हो ।होलिडे एण्ड गेष्ट हाउसबाट आज विहान हितेन्द्र पासवान प्रियंका कापर मृत अवस्थामा भेटिएकी धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले जनाए ।

प्रहरीका अनुसार पासवान महोत्तरीको पिपरा गाउँपालिका–३ निवासी हुन भने कापर महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी हुन । तर उनको माइती पिपरा नै भएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई सूचना आउन साथ धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको प्रहरीले जनाएको छ । धनुषा प्रहरी प्रवक्ता अवाका अनुसार उनीहरु चार दिनदेखि त्यस होटेलमा बस्दै आइरहेका थिए ।

त्यसैगरी आजै मध्यान्ह जनकपुरको रामानन्दचोकमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । भर्खरै नवजात शिशुको शवबारे सूचना आएकोले घटनाबारे यथेष्ठ जानकारी आउन नसकेको धनुषा प्रहरी प्रवक्ता अवाले जनाए ।

उनले भने,‘यो घटनाबारे भर्खरै जानकारी आयो,तर के हो विस्तृत जानकारी लिन सकिएको छैन । अहिले प्रहरी घटनास्थलमा पठाएका छौं, केहीबेरमा जानकारी आउँछ ।’
यता आज विहान मोटरसाइकल दुर्घटनामा परी एकजना पत्रकारको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएपनि उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर ५ का २८ वर्र्षीय पत्रकार विनयकुमार यादवको मृत्यु प्रहरी नायब उपरिक्षक अवाले जनाए ।

आज बिहान ४ बजेको समयमा जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका वडा नम्बर ६ को जनकपुर ढल्केवर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको जनाइएको छ । तर घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार