Logo

११ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले बिदाको दिन सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने कारबाही गरेको छ । बिना अनुमति बिदाको दिन सवारी चलाउने तथा ट्राफिक नियम पालना नगर्ने ५० वटा सवारीसाधनलाई पर्सा प्रहरीले कारबाही गरेको हो ।

बीरगन्जको बसपार्कमा प्रहरीले छड्के जाँच अभियान चलाउँदै बिना अनुमति चलाएको ५ वटा सरकारी गाडीसहित ५० वटा सवारीसाधनलाई कारबाही गरेको जनाएको छ ।

प्रहरीले सर्लाही मालपोतका अधिकृत उमेश कुमार कुश्वाहा चढेको सरकारी गाडी, बीरगन्ज बिद्युत प्राधिकरणको गाडीसहित केही पालिकाका गाडीहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

सर्लाही मालपोतको बा १ झ ५८३८ नम्बरको गाडी बिद्युतको बा १ ञ २१५८ नम्बरको गाडी बिना अनुमति चलाइएको पाएपछि कारबाही गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए । उनका अनुसार यो कारबाीमा मालपोतको र बिद्युतको गाडी मात्रै नभइ पालिकाका कर्मचारीहरुले पनि चढेका गाडी छन् ।

सरकारी गाडीको जथाभावी प्रयोग गरेर दुरुपयोग बढेको भन्दै गुनासो बढ्दै गएपछि बिदाका दिन बिना अनुमति चलाउने सरकारी गाडीहरु तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई प्रहरीले कारबाही प्रहरी प्रमुख ढुंगेलको भनाइ छ ।

सबै सवारी चालकलाई जनही ५ सयका दरले जरिवाना गरिएको प्रहरी भनाइ छ । एसपी ढुंगेल आफै बीरगन्जको बसपार्क चोकमा करिब ढेड घण्टा ड्यूटी जाँच चलाएर सबै सवारीसाधानलाई नियन्त्रणमा लिएका थिए ।


सम्बन्धित समाचार