Logo

१२ बैशाख बीरगन्ज । सरकारको कर नीतिले गर्दा नेपालमा तस्करी नियन्त्रण हुन नसकेको उद्योगी व्यावसायीहरुले बताएका छन् । सरकारले तस्करी नियन्त्रणमा कडाई गर्न निर्देशन दिएपछि प्रहरी प्रशासनले जथाभावी छापामारी गरेकोप्रति गुनासो गर्दै उद्योगी व्यावसायीहरुले तस्करी नियन्त्रणको एकमात्र उपाय भन्सार दर र कर प्रणालीमा सुधार गर्नुपर्ने बताए ।

उद्योगी व्यावसायीहरु कहिल्यै पनि तस्करीको संरक्षण पक्षमा नरहेको भन्दै अहिलेको अवैध व्यापारले नेपालको अर्थतन्त्रलाई नै ध्वस्त पारेकोले वैध व्यापारको लागि भ्याटमा बहुदर प्रणाली र भन्सार दरबन्दीमा परिमार्जन हुनुपर्ने माग गर्दै आएको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।

तस्करी नियन्त्रण गर्ने नाममा प्रहरी प्रशासनले छापामारी गरेको शैली ठिक नभएको पनि उनको भनाई छ । अवैध व्यापारलाई वैध बनाउन सिस्टममा जानुपर्ने बताउदै त्यसको लागि भन्सार दर र कर प्रणालीमा सुधार हुनुपर्ने बताए । उनले भने, ‘हामीले पटक पटक भन्दै आएका छौं । अवैध व्यापारले नेपालको व्यापार व्यावसाय खस्कियो । तस्करी नियन्त्रणका लागि कर प्रणाली र भन्सार दरमा परिमार्जन गरौं । तर, राज्यले कहिल्यै यसतर्फ ध्यान दिएन ।’

राज्यले प्रतिबन्ध लगाएको सामानहरु बजारमा प्रशस्न पाईरहेकोतर्फ प्रहरी प्रशासनको ध्यान नजाने तर तस्करी नियन्त्रण गर्न व्यापारीको छापा मारेर तर्साउने काम राज्यले गर्न नहुने व्यावसायीको भनाई छ । आयातमा प्रतिबन्ध लगाएका वस्तुहरु राजधानीमै छ्याप्छ्याप्ती पाइरहँदा पनि राज्य मुकदर्शक हुने तर, तस्करीको आशंकामा छापामारी गर्दा व्यावसायी त्रसित भएका उपाध्यक्ष राजपालले बताउनुभयो ।


सम्बन्धित समाचार