Logo

१३ वैशाख, वीरगञ्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु बिच प्रतस्पर्धा हुँदै छ ।

हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

जारी प्रतियोगितामा अहिलेसम्म ७ खेल खेलेको हैदरावाद ५ मा जित र २ मा हार व्यहोरेर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

बैंगलुरुले भने ८ खेलमा एउटा मत्रै खेल जितेको छ । बैंगलुरु तालिकाको पुछारमा छ ।

यसअघि हिजोको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको थियो ।

दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाएको थियो ।


सम्बन्धित समाचार