Logo

१४ वैशाख,काठमाडौं।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने दुई जना नेपाली छन् । भारतीय नागरिकहरू अमूल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी दिनेश खरेल र भरत वासु पनि उनीहरूसँगै पक्राउ परेका छन् । बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

रकम र सुनका विस्कुटसहित पाँच जना पक्राउ परेका छन् । केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदैछ’, रेग्मीको भनाइ छ ।

 


सम्बन्धित समाचार