२१ वैशाख, वीरगञ्ज । गृह मन्त्रालयले ७ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन गरेको छ ।
पर्सा जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा उत्तर कुमार घिमिरे आउनु हुने छ । गृह मन्त्रालयले उनलाई रौतहटबाट सरुवा गरेर पर्सामा पठाएको हो ।
यसैगरी घिमिरेको ठाउँमा रौतहटको सहायक प्रजिअको रुपमा नरेश कुमार यादवलाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
पर्साका सहायक प्रजिअ शिवप्रसाद लम्साल पदस्थापन भई प्रजिअको रुपमा नियुक्त पाएर अछाम जान लागेका हुन ।
यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत झरेन्द्र प्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय दमकमा सरुवा गरिएको छ । उपसचिव लोकमान श्रेष्ठलाई मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।
सिराहका सहायक प्रजिअमा भीमराज कोइराला र सप्तरीको सहायक प्रजिअमा जितेन्द्र कुमार यादवलाई पदस्थापन गरिएको छ । महेश राज तिम्सिनालाई इलामको सहायक प्रजिअको रूपमा पठाइएको छ ।





















