Logo

२२ वैशाख,जनकपुर । भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तिन दिन बन्द हुने भएको छ । बैशाख २३ गते (आइतबार) देखि २५ गते (मंगलबार) सम्म तिन दिनका लागि रेल सेवा बन्द हुने भएको हो ।
भारतको लोकसभा निर्वाचनका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध निरञ्जन झाले सूचना जारी गर्दै आइतबारदेखि मङ्गलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द रहने जनाए । इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णय अनुसार रेल सेवा तीन दिन बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

भारत मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ ।


सम्बन्धित समाचार