Logo

२२ वैशाख,वीरगञ्ज । पर्सामा सम्पन्न छुट्टाछुट्टै रक्तदानमा १०६ पोका रगत संकलन भएको छ । जिल्लाको दुई ठाउँमा आयोजित कार्यक्रममा १०६ पोका रगत संकलन भएको हो ।

वीरगञ्जको श्रीराम हस्पिटल र निखिल ज्वेलर्सको संयुक्त आयोजनामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा उक्त पोका रगत संकलन भएको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ । रक्तसञ्चार केन्द्रमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रमहरु आयोजना गरिएको रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जनाए ।

श्रीराम हस्पिटलले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ११ महिलासहित ६० जनाले रगतदान गरेका छन् । ‘रक्तदान गरौँ, जिवनदान गरौँ’ भन्ने मुल नारासहित हस्पिटल परिसरमै कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान गर्नेहरुमा ज्योतीलाल पण्डित, सविन यादव, सविर हुसेन, विरु कुमार कुशवाहा, मुन्ना अन्सारी, नम्रता घिमिरे, प्रतिमा खरेल, इशा बराल, बिजय सिंह, आकृति खतिवडा, दिया श्रेष्ठ लगायतका रहेका छन् ।

यसैबिच निखिल ज्वेलर्सले आयोजना गरेको आकस्मिक कार्यक्रममा ६ महिलासहित ४६ जनाले रक्तदान गरे । वीरगञ्ज–६ माईस्थान पार्कमा कार्यक्रम सम्पन्न भएको प्राविधिक प्रमुख पाण्डेले बताए ।

रक्तदान गर्नेहरुमा अनु कुमारी रोय, अर्चना कुमारी चौधरी, बिजय प्रजापति, अनिष कुमार सुनार, अनिता सर्राफ, अमृता देवि, बिजय सर्राफ, गौतम दास, रुपक कृष्ण गुप्ता लगायतका रहेका छन् ।
दुवै कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।


सम्बन्धित समाचार