Logo

२२ वैशाख,वीरगञ्ज । अधिवेशन भएको पाँच दिन पछाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पर्साको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

बितेको सोमबार बीरगन्जमा सम्पन्न एमाले पर्साको ९ औं अधिवेशन पछाडि पदाधिकारी तथा सदस्यहरु छनौटका लागि आज मध्यान्हदेखि निर्वाचन सुरु भएको हो । जिल्ला अध्यक्षमा डा.विश्म्भर शर्मा निर्विरोध निर्वाचित भइसक्दा पनि अन्य पदाधिकारी तथ सदस्यहरुमा संस्थापन पक्षले धाँधली गरेको भन्दै इतरसंस्थापन पक्षले विरोध गदै तालाबन्दी गरेको थियो ।

शुक्रबार साँझ जबरजस्ती निर्वाचन गराउन खोज्दासमेत एमाले पर्साका कार्यकर्ताहरुबीच कुटाकुट भएको थियो । माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान राखेका इतरसंस्थापन पक्षले भने आज भइरहेको निर्वाचन प्रक्रियामा भाग लिएको छ ।

स्रोतका अनुसार केन्द्रले निर्वाचनमा भाग पहल गरेपछि दुइवटै पक्षले आपसी सहमतिमा निर्वाचन प्रक्रियामा भाग लिएको इतरसंस्थाप पक्षका रामकिशोर सिंह( पराग) ले बताए । उनले भने, ‘केन्द्रले पहल ग¥यो, जिल्लामा पनि जे गर्नुछ तपाइहरु निर्वाचनमा भाग लिएर गुर्नस भन्न थालियो । त्यसपछि हामी पनि त्यही हिसाबले निर्वाचनमा होमिएका हौं ।’

एमाले पर्सामा अध्यक्षमा डां शर्मा निर्विरोध निर्वाचित भएका छन भने सदस्यहरुमा पनि धेरैको संख्यामा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उपाध्यक्ष, सचिव, उपसचिव, लेखा समिति अध्यक्षसहित अन्य पद तथा बाँकी सदस्यहरुका लागि निर्वाचन भइरहेको निर्विरोध अध्यक्षमा निर्वाचित भएका डा.विश्म्भर शर्मा बताउँछन् ।

उनका अनुसार विभिन्न पदमा गरी पदाधिकारीमा मात्रै ३० भन्दा बढी तथा सदस्यहरु छनौटका निर्वाचन सुरु भएको छ । निर्वाचन सके लगत्तै आजै गणना गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । बीरगन्जको अनमोल पार्टी प्यालेसमा मध्यान्ह १२ पछाडि निर्वाचन सुरु भएको हो ।

एमाले पर्साको निर्वाचनमा ६१५ जनाको हाराहारीमा प्रतिनिधि मतदान प्रक्रियामा भाग लिइरहेको निर्वाचन अधिकृत भोजराज ढकालले जनाए ।


सम्बन्धित समाचार