Logo

२२ वैशाख,वीरगञ्ज । बारामा आज ७७ पोका रगत संकलन भएको छ । जिल्लाको फरकफरक स्थानहरुमा आयोजित रक्तदान कार्यक्रममा १० जना महिलासहित ७७ जनाले रक्तदान गरेका हुन् ।

बाराको कलैया उपमहानगरपालिका र प्रसौनी गाउँपालिकामा आयोजित कार्यक्रममा ७७ पोका रगत संकलन भएको रक्तसञ्चार केन्द्र वीरगञ्जले जनाएको छ ।
कलैया नगर एकता सहयोगी समूहले आयोजना गरेको कार्यक्रममा ५२ जनाले रगतदान गरेका छन् ।

 

समूहको १० औं वार्षिकोत्सवको अवसरमा कलैयास्थित राजदेवी मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ६ महिलासहित ५२ जनाले रगतदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा ललिता देवी, मनिष कुमार, अरुन अधिकारी, सुरेन अधिकारी, प्रदिप यादव, कुसुम घिमिरे, सुभम साह, कविता चौधरी, सन्जिभ प्रसाद यादव लगायतका रहेका छन् ।
यसैगरि सन्त निराकारी मण्डलको आयोजना भएको कार्यक्रममा ४ जना महिलासहित २५ जनाले रक्तदान गरेका छन् । प्रसौनी भाठ्ठास्थित आयोजित कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा रञ्जु गुप्ता, लक्ष्मण कुमार, अजय पटेल, रिमा देवी यादव, सावित्री देवी, सोनु कुमार लगायतका छन् ।
बढ्दो गर्मीमा रगतको माग बढेको तर रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव रहेकोले कार्यक्रमको आयोजना भएको रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुम सौरभराज पाण्डेले जानकारी दिए ।


सम्बन्धित समाचार