Logo

२३ वैशाख, वीरगन्ज । आज ५ मार्च, विश्व हाँसो दिवस । हाँसो सबैलाई राम्रो लाग्ने गर्दछ । हाम्रो जीनलाई सरल र सहज बनाउन हाँसोले सहयाग प्ु¥याएको हुन्छ ।

हुन त हाँसोले कुनै पनि कुरा या पीडालाई निको पार्न वा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा र पीडाहरूलाई छेउ लगाउँदै जीवनको मूल्य आत्मसाथ गर्न मद्दत गर्न सक्छ ।

विश्व हाँसो दिवस मा यस्तै हाँसो सम्बन्धी कुराहरूलाई चर्चा गरिन्छ । हाँसोको महत्व र हाँसोले स्वास्थ्यमा ल्याउने राम्र प्रभावले चर्चा गर्दै आज २१ विश्व हाँसो दिवस मनाईदै छ ।

हाँसो दिवस मनाउन कसरी शुरु भयो
सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको या दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ ।

उनको पहलमा हाँसोमा आधारित योगामार्फत हाँसो दिवसका रुपमा मनाउन सुरु गरेको हो । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताकोविश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पु¥याउने योग विज्ञको भनाइ छ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई छ ।

आज विश्वलाई हाँसोको कमी छ !
लाखौ, करोडौं बैंक ब्यालेन्स र महँङ्गो गाडी भएर पनि मान्छे एक सुको हाँस्न सकेका छैनन् ।

तर हाँसो एक यस्तो कडी हो, जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाउँदछ । अहिले दौडधुपका जिन्दगीमा मान्छे हाँस्न विर्षेका छन् ।

नेपालको परिवेशामा भन्ने हो भने कोही राजनिति तनावले गर्दा हास्न भुलेका छन् भने कसैलाई आर्थिक अभावले पिरोलेको हुँदा पनि हाँस्न भुलेका हुन सक्छ ।

तर हास्नुको अनेकौं फाईदा छन् :

हास्नुको फाइदा

प्रतिरोधी क्षमतामा वृद्धि गर्छ
तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ । हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ । यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ । हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैंन ।

शरीरलाई आराम दिलाउँछ
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ ।

स्वस्थ रहने रसायन बढाउँछ
हाँस्ने बानीले स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।
मुटुको रक्षा गर्छ । यसले रक्तनलीको कार्यमा सुधार गर्छ, जसले गर्दा रक्त सन्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ ।

क्यालोरी खपत हुन्छ
मयलबमिय तचगmउखुलेर हास्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ ।

मूड ठीक गर्छ
हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मद्धत गर्छ । मूड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु हो । मूड ठीक हुँदा मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन व्यवसायिक जीवन सबैमा सकारात्मक प्रभाव पर्छ । यस्तै, हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरासंग जुध्ने क्षमतामा वृद्धि गर्छ ।

बौद्धिक स्तर बढाउँछ
मानिसको मष्तिष्कका लागि हरसमय धेरै नै अक्सिजन आवश्यक हुन्छ । हाँस्ने बानीले मष्तिष्कमात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ । यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ ।

आयु बढाउँछ
नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाँचेको पाइएको थियो ।


सम्बन्धित समाचार