Logo

२३ बैशाख, काठमाडौं । राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी चक्रबहादुर बुढालाई दिइएको छ । विवादित छवीका महानिर्देशक नबराज ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।

यसअघि विभागको महानिर्देशक नवराज ढुंगाना थिए । विभागले कोटिभीटी कम्पनीको राजस्व चुवहाट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढुंगाना विवादित भएका थिए ।

यसैबीच उनको स्थानमा बुढालाई महानिर्देशक बनाइएको हो । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको निकाय हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागमा कार्यरत महानिर्देशक चक्रबहादुर बुढालाई यही वैशाख १४ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।

नवराज ढुंगाना राजश्व अनुसन्धान विभागको महानिर्देशक भएको अवधिमा विभिन्न व्यापारीक तथा औद्योगिक घरानामा छापामारी अनावश्यक रुपमा व्यापारीलाई दुख दिने गरेको भन्दै उनको विरोध हुदै आएको थियो ।

वीरगञ्ज भंसारको प्रमुख भंसार प्रशासकको जिम्मेवारीमा रहेको समयमा ढुगांनाले कुन व्यवसायीले कसरी काम गरेका छन् भन्ने रेकर्ड राखेको थिए । शायद त्यहीँ रेकर्डकै आधारमा तस्करसँग सेटिङ मिलाउने र इमान्दारपूर्वक काम गर्ने व्यवसायीलाई दुख दिदै रकम असुल्ने गरेका आरोप उनी माथि लागेको छ ।

अहिले उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर ढुंगानालाई चाहिँ प्रधानमन्त्रीको कार्यालय पठाइएको छ । प्रधानमन्त्री कार्यालयबाट उनलाई कोलकाताको बाणिज्य दुत वा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाउने तयारी भएको स्रोतको भनाई छ ।

राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशक बनाउनका लागि बिचौलियाहरुले करोडौं रुपियाँ खर्च गर्नेगरेका बिषय यस अघि सार्वजनिक भएका छन् । करोडौं रुपियाँ लगानी गरेर महानिर्देशक भएकाहरुले अरबौ रुपियाँ उठाउने गरेको एक व्यसायीले बताए ।

नवराज ढुंगाना महानिर्देश भएपछि वीरगञ्जका कुन व्यापारीसँग कति रकम राजश्व अनुसन्धान विभागका कर्मचारीहरुले छापामारीको नाउँमा उठाए भन्ने बिषयको नालेबेली आउन बाँकी नै छ ।


सम्बन्धित समाचार