Logo

२३ वैशाख,वीरगञ्ज । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता भएको छ ।

नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अमरनाथ ठाकुरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा वैशाख २० गते बीरगंजमा सहमति भएको थियो ।

सहमति अनुसार बीरगंज मंगलम डायग्नोष्टिक सेन्टरले अब काठमाण्डौमा अत्याधुनिक र एकिकृत डायग्नोसिस सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्रा.डा. ठाकुरले जानकारी दिनुभयो । काठमाण्डौमा डायग्नोसिस सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको र हस्पिटलहरूको आफ्नै ल्याव भएपनि विश्वसनीय डायग्नोसिसको लागी नेपालीहरू भारत लगायत अन्य देश जानुपर्ने बाध्यता रहेको छ ।

सोही बाध्यतालाई मध्यनजर गर्दै विश्वसनिय र भरपर्दो डायग्नोसिस सेवा दिन काठमाण्डौमा छुट्टै ल्याबको आवश्यकता देखिएकोले ल्याब खोल्ने सम्झौता भएको नेक्सजेन म्यानेजमेण्टका अध्यक्ष रमेश कुमार भट्टराईले बताउनुभयो ।
सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा संचालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । हस्पिटल र ल्याबमा आउने बिरामीहरू प्रयोगशालाको रिर्पोटबाट संतुष्ट छ÷छैनन् भन्ने अध्यन गर्नेछ ।

काठमाण्डौको आवश्यकता अनुसार कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ ? त्यसको लागी कति लगानी आवश्यक छ ? सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि. लाई प्रतिवेदन बुझाउने सहमति भएको छ ।

त्यस पश्चात नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रा.लि. आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर संचालन गर्नेछ ।
मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर बीरगंज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको स्वास्थ्य संस्था हो । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो ।

यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित संचालनको लागि परामर्श सेवा दिने देखि लगानीकर्ता जुटाउने सम्मको सेवा दिदै आएको छ । साथै नयाँ उद्योग व्यवसाय संचालन गर्नेको लागि सो सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र व्यवसाय संचालनको लागि आवश्यक सबै व्यवस्था गर्न परामर्श सेवा प्रदान गर्दै आएको छ ।

नेक्सजेनले भखरै नेपाल सरकारबाट २०८१ वैशाख १७ र १८ गते काठमाण्डौमा सम्पन्न लगानी सम्मेलनमा कोरियन कम्पनीसँग सम्झौता गरेको छ । कोरियन पाटीले नेपालमा संचालन गर्ने ६ अर्ब लगानीको उद्योग स्थापनामा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनि नेक्सजेन म्यानेजमेन्टले गरिसकेको अवगत अध्यक्ष भट्टराईले बताउनुभयो ।


सम्बन्धित समाचार