Logo

२३ वैशाख,वीरगञ्ज । नेकपा एमाले पर्साको पदाधिकारी चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ । हिजो मध्यान्ह १२ बजेपछि भएको मतदानको मतगणना राति अबेर शुरु भएको थियो ।

ताजा मतगणनाको परिणाम अनुसार उपाध्यक्ष मनोज गुप्ताले अग्रता लिइरहनुभएको छ । उहाँले २४७ मत पाउनुभएको छ । उहाँका प्रतिद्धन्दी लालबाबु शेषले १२३ मत पाउनुभएको छ । त्यस्तै सचिवमा महेश दास र नवराज शर्माले बराबर १७७ मत पाउनुभएको छ ।

उपसचिव पदका उम्मेदवार नविजान मियाँ १४८, रामकिशोर साह १४६ र इमरान हुसेनले ५३ मत पाउनुभएको छ । यस्तै उपसचिव महिलातर्फ सीता देवी लामा १८७ र गिता देवी भण्डारीले १५७ मत पाउनुभयो । लेखा आयोगतर्फ शिवजी गुप्ता २१४, सन्तोष सिंह १२२ मत ल्याउनुभएको छ ।

त्यसैगरि लेखा समिति सचिवमा सागिर अहमद १४१ र आरोहण कुमार साहलाई १२४ मत खसेको छ ।

साँझसम्ममा मत परिणाम आईसक्ने निर्वाचन कमिटिले जनाएको छ ।


सम्बन्धित समाचार