Logo

२४ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का दलित वस्तीमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगर पर्सा, सामुदायिक आँखा अस्पताल, प्रभु हस्पिटल र रुंगटा वेल फेयर सोसाईटीको सहकार्यमा शिविरको आयोजना गरिएको हो ।

प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक एसपी कुमोध ढुंगेलको उपस्थितिमा शिविर सम्पन्न भएको हो ।

शिविरमा १५० जनाको चेकजाँच गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जनाए । शिविरमा निशुल्क औषधीसमेत वितरण गरिएको उनले बताए ।

प्रभु हस्पिटल पर्साका डा. सरोजकुमार साह, सामुदायिक आँखा हस्पिटल वीरगञ्जका महेशसिंह धामी सहितको टोलीले शिविरमा जाँच गरेको थियो ।

उक्त बस्तीमा ४० घरधुरी दलित परिवारको बसोबास छ ।


सम्बन्धित समाचार