Logo

२४ वैशाख,वीरगञ्ज । सर्लाही प्रहरीले मापदण्ड विपरित संचालित ३ वटा औषधी पसलमा सिल गरेको छ । जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ११ हरिवन बजार र वडा नम्बर ९ नयाँरोडमा संचालित औषधी पसलहरुमा सिल गरेको हो ।
प्रहरीले न्यु कुशवाहा मेडिकल हल, कुशवाहा मेडिसिन्स फर्मा र नयाँरोड सिटि हेल्थकेयर हस्पिटल प्रालिमा सिलबन्दी गरेको प्रहरीले जनाएको छ । उक्त पसलहरुमा मापदण्ड विपरितका औषधीहरुको विक्री वितरण भईरहेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोली र औषधि ब्यवस्था विभाग शाखा वीरगञ्ज, पर्साका प्रतिनिधी समेतको संयुक्त टोलीले चेकजाँच गरेको मधेश प्रदेश प्रहरी कार्यालयले जनायो ।

जाँचको क्रममा पसलहरुबाट म्याद नाघेका तथा निषेधित औषधीहरु बरामद भएकोले सिल गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहोराले जनाए ।
उक्त पसलहरुबाट क्लोनाज ०.२५, ओटिसिन, ट्रेसडोल, लोरी, डोलोमस्ट–एमआर, रबिरोज– डिएसआर,एसीक्लोटलाम–एसपी, स्पास्मो लगायतका औषधीहरु बरामद भएको उनले बताए ।


सम्बन्धित समाचार